
काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज हुने भनिएको नेपाल सिंगापुर बीचको खेल रद्द भएको छ।
थाइल्यान्डको टेर्डथाइ स्टेडियममा हुने भनिएको खेल वर्षाको कारण शुरु नहुँदै रद्द भएको हो।
खेल रोकिएसँगै सिंगापुर ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताबाट एसिया कप छनोटमा पुगेको छ। अर्कोतर्फ एक खेल अगावै शीर्ष दुईको होडबाट बाहिरिएको नेपालले प्रतियोगितामा मात्र १ जित निकालेको छ। यसअघि नेपालले मलेसिया र हङकङसँग पराजित भएको थियो भने थाइल्यान्डलाई हराएको थियो।
प्रतियोगितामा नेपाल, थाइल्यान्ड, मलेसिया, हङकङ र सिंगापुरको सहभागिता रहेको छ। आजै हुने दोस्रो खेलमा हङकङ र मलेसिया दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्।