PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फ्राइडे रिलिज : नेपाली फिल्म प्रदर्शनमा आएनन्, दुई विदेशी फिल्म प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : नेपाली फिल्म प्रदर्शनमा आएनन्, दुई विदेशी फिल्म प्रदर्शनमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म प्रदर्शनमा आएनन्। नेपाली फिल्म प्रदर्शनमा नआउँदा बलिउड फिल्म 'बागी ३' र हलिउड थ्रिडी फिल्म 'अनवार्ड' प्रदर्शनमा आएको छ। नेपाली मल्टिप्लेक्समा हलिउड फिल्म 'अनवार्ड'को तुलनामा 'बागी ३'ले बढी शो पाएको छ। त्यस्तै दुई साताअघि प्रदर्शनमा आएको नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस'ले पनि नेपाली सिनेमा हलमा शो पाइरहेका छन्।

टाइगर श्राफ स्टारर फिल्म 'बागी ३'लाई अहमद खानले निर्देशन गरेका हुन्। फिल्ममा टाइगरसँगै श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखन्डेलगायतले अभिनय गरेका छन्। साजीद नाडियडवालाले निर्माण गरेको फिल्म एक्सन जनरामा बनेको छ। बागीको यसअघिको दुई सिरिजलाई पनि दर्शकहरुले निकै रुचाएका थिए।

त्यस्तै थ्रिडी फिल्म 'अनवार्ड'लाई डन स्कालोनले निर्देशन गरेका हुन्। थ्रिडी एडभेन्चर्स जनरामा निर्माण भएको यस फिल्ममा टम होल्यान्ड क्रिश प्रयाट जुलीय लवस ड्रेफुस लगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell