PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अपरेसनको तेस्रो दिन : हिँडाउन थालियो प्रम ओलीलाई, ठोस खाना पनि आजैबाट



कुञ्जरमणि भट्टराई

अपरेसनको तेस्रो दिन : हिँडाउन थालियो प्रम ओलीलाई, ठोस खाना पनि आजैबाट
ओली अस्पताल भर्ना हुन पुग्दाको क्षण। फाइल फोटो

काठमाडौं : मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराइएको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको छ। अपेक्षाकृत सुधार भइरहेको अस्पतालले जनाएको हो। हिँडडुलका साथै आजैबाट उनलाई ठोस आहार पनि दिन सुरु गरिएको अस्पतालले जनाएको छ।

ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य पनि सुधार भएको अस्पतालले जनाएको छ। उनलाई पनि ठोस खानेकुरा दिन सुरु गरिएको अस्पतालले जनाएको छ।

ओलीको अन्य परीक्षणहरु गर्दा सूचकहरु सामान्य देखिएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell