PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सीमा नाकामा थप सुरक्षा अपनाउन गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

सीमा नाकामा थप सुरक्षा अपनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं : विश्वमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सीमा नाकामा विशेष सुरक्षा उपनाउने भएको छ।

शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य परीक्षण गर्न सहयोग गर्ने आग्रह गर्ने निर्णय गरेको छ। कोरोना भाइरस न्यूनीकरण गर्न पूर्व तयारी स्थितिमा रहने, जनमानसमा कोरोना भाइरस सम्बन्धी जनचेतना बढाउन सूचनाहरु सम्प्रेषण गर्ने निर्णय गरेको हो।

बैठकमा अहिले देखिएको मास्क तथा अन्या अत्याआवश्य सामाग्रीको व्यवस्थपान र कालोबजारी नियन्त्रणको लागि बजार अनुगमन गर्ने समेत निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell