PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कैलालीका स्थानीय तहमा वार्षिक परीक्षा अनिश्चित



एम बम

कैलालीका स्थानीय तहमा वार्षिक परीक्षा अनिश्चित

कैलाली : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ८ बाहेक ९ कक्षामुनिको परीक्षा चैत ५ गते अगावै सम्पन्न गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। जसका कारण कैलालीको धनगढी उपमहानगरपालिका भित्रका शैक्षिक संस्थामा वार्षिक परीक्षा अनिश्चित बनेको छ।

उपमहानगरपालिकाले फागुन २५ गतेबाट लागू हुने गरी सबै शैक्षिक संस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेपछि वार्षिक परीक्षा अनिश्चित बनेको हो। उपमहानगरमा आज बसेको सरोकारवालको बैठकले उक्त निर्णय गर्ने प्रस्ताव गरेको थियो।

‘नगर शिक्षा समिति, शिक्षक संघ-संगठन, प्याब्सन, एनप्याब्सन र अन्य सरोकारवालाहरूले समेत हतारमा परीक्षा सञ्चालन गर्नु भन्दा नगर्नु नै उपयुक्त हुने प्रस्ताव गरेपछि उक्त निर्णय गरिएको हो,’ धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले भने।

कैलालीका अन्य स्थानीय तह टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र गोदावरी नगरपालिकाले भने परीक्षा तालिका परिवर्तन गरिसकेका छन्।

हालसम्म प्रकाशित गरेको अन्य स्थानीय तहको सूचना अनुसार कैलालीमा चैत ८ गतेसम्म परीक्षा सञ्चालन हुने कार्यतालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell