PahiloPost

Oct 12, 2025 | २६ असोज २०८२

मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछि वैज्ञानिकको टोली किसानका खेतमा



राधेश्याम पटेल

मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछि वैज्ञानिकको टोली किसानका खेतमा
Photo: commons.wikimedia.org

वीरगंज : मकैमा अनौठो समस्या देखिएपछि चिन्तित बनेका बाराका किसानलाई विज्ञहरुले नआत्तिन सुझाव दिएका छन्। प्रभावित क्षेत्रको अनुगमनपछि मकैबाली अनुसन्धान केन्द्र रामपुर चितवनका मकै वैज्ञानिक महेन्द्र त्रिपाठीसहितको टोलीले बाराको मकै खेतीको अवलोकन गरी आत्तिनु पर्ने अवस्था नदेखिएको बताएको छ।

बारा जिल्लाका अधिकांश किसानले लगाएको श्रेष्ठा एनएमएच-७३१ जातको मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछि अनुगमनका लागि आएको टोलीले किसानहरुसँग अन्तर्क्रिया समेत गरेको छ। ढिलो समयसम्म घोगामा दाना नदेखिएपछि लगानी डुब्ने चिन्तामा रहेका किसानलाई ठूलो क्षति बेहोर्नु नपर्ने कृषि वैज्ञानिकहरुले बताएका छन्।

अपेक्षा गरेजति उत्पादन नभएपनि सतप्रतिशत क्षति हुने अवस्था नदेखिएको मकैबाली अनुसन्धान केन्द्र रामपुरका मकै वैज्ञानिक महेन्द्र त्रिपाठीले बताए। मकैको धानचमरामा दाना लाग्ने अस्वभाविक समस्या देखिएका कारण घोगामा दाना पुष्ट हुन लाग्ने शक्ति त्यसैमा केन्द्रित हुने हुँदा केहि उत्पादन घट्ने कृषि वैज्ञानिक त्रिपाठीले बताए।

प्राविधिक विशेषज्ञहरुको टोलीमा बिउ बिजन गुणस्तर केन्द्र काठमाडौंका प्रमुख मदन थापा, कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव, बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौंका वरिष्ठ बाली अधिकृत रमेश हुमागाईँ, बाली विज्ञ अधिकृत रबिन धिताल, बिउ बिज्ञान व्यवसायी संघ नेपालका उपाध्यक्ष छोटेलाल प्रसाद लगायतको टोलीले बाराको विभिन्न ठाउँका किसानको खेतमा अवलोकन गरी अनुसन्धान शुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell