PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

गच्छदार समूहबाट कांग्रेस केन्द्रीय समितिमा थपिए ११ सदस्य



पहिलोपोस्ट

गच्छदार समूहबाट कांग्रेस केन्द्रीय समितिमा थपिए ११ सदस्य

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ११ जना सदस्य थप गरिएको छ। कांग्रेससँग तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार केन्द्रीय सदस्य थप गरिएको बताइएको छ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि कांग्रेसले गठन गरेको समायोजन समितिको बैठकले यस्तो निर्णय थियो। कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ४ (१०) (ग) बमोजिम कांग्रेसमा प्रचलित नेपाल कानुन बमोजिम एकिकृत भएको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको हो।

उक्त निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले फोरमका ११ जना सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन्।

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरु :

१. रामजनम चौधरी (कैलाली)
२. मो. नसिर सिद्धिकी (सिराहा)
३. भारतेन्दुकुमार मल्लीक (झापा)
४. हेमराज तातेड (सप्तरी)
५. डा. श्री गोपाल दहित (बर्दिया)
६. मंगलप्रसाद थारु (बर्दिया)
७. योगेन्द्र चौधरी (दाङ)
८. हरिप्रसाद न्यौपाने (मोरङ)
९. सुमित्रा थरुनी (सुनसरी)
१०. कल्पना चौधरी (सुनसरी)
११. पवनकुमार सारडा (मोरङ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell