PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

स्कुलमा कोरोनाको त्रास : हेर्नुस् विद्यार्थीको थालियो तापक्रम लिन

स्कुलमा कोरोनाको त्रास : हेर्नुस् विद्यार्थीको थालियो तापक्रम लिन

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोनाको संक्रमणले सबैलाई अत्याइरहेको छ। त्यसैले स्कुलहरुमा यसको प्रभाव नपर्ने कुरै भएन। कोरोनाको विषयमा विद्यार्थीहरु पनि निक्कै चासो दिइरहेका छन्। एक किसिमको भय उनीहरुमा पनि छ।

शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न दिएको निर्देशनले पनि त्यसको संकेत गर्छ। त्यसैको असर हो, राजधानीका विद्यालयमा विद्यार्थीहरुको तापक्रम परीक्षण गर्दै प्रवेश गराइन थालिएको छ। निजी विद्यालयमा यसरी परीक्षणसहित प्रवेश गराउन थालिएको भए पनि सरकारी विद्यालयमा भने यस्तो परीक्षण गरिन्न। राजधानीको साइपाल एकेडेमीमा गरिएको यस्तो परीक्षणले विद्यालय क्षेत्रमा कोरोनाको त्रास कस्तो छ बुझ्न सघाउँछ।



ट्रेन्डिङ पोस्ट

Ncell