
कोरोना भाइरसबाट प्रभावितको संख्या आज साँझ ८ बजेसम्म १ लाख ५ सय ९८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ९ सय ९१ जना दुरुस्त भएर घर फर्केका छन् भने ३ हजार ४ सय ११ जनाको मृत्यु भएको छ।
कोरोनाभाइरसको बारेमा लाइभ अपडेट गरिरहेको वर्ल्डस् मिटर इन्फोका अनुसार ५९ हजार ४ सय २ जना प्रभावितको केस बन्द भइसकेको छ जसमध्ये ३ हजार ४ सय ११ (६ प्रतिशत)को मृत्यु भएको हो। बाँकी ९४ प्रतिशत स्वस्थ भएर घर फर्केका छन्।
आज साँझसम्मको तथ्याङ्क अनुसार ४१ हजार १ सय ९६ जनामा कोरोना संक्रमण बाँकी छ। यी मध्ये ६ हजार २ सय ८६ (१५ प्रतिशत)को अवस्थालाई सिरियस मानिएको छ। बाँकी ३४ हजार ९ सय १० (८५ प्रतिशत)को अवस्था भने सुधारोन्मुख छ।
चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४२ पुगेको छ। दक्षिण कोरियामा यो संख्या ४३ पुगेको छ। इरानमा यो संख्या १ सय २४ र इटलीमा १ सय ४८ जनाको मृत्यु भएको छ।
अमेरिमा आजसम्म १४ जनाको मृत्यु भएको छ भने फ्रान्समा यो संख्या ९ पुगेको छ। स्पेनमा ५ जनाले ज्यान गुमाएका छन्। जापानमा भने ६ जनाले ज्यान गुमाएका छन्।