PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

किन दिए डिआइजी सुब्बाले राजीनामा?



पहिलोपोस्ट

किन दिए डिआइजी सुब्बाले राजीनामा?

काठमाडौं : प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजीव सुव्वाले राजिनामा दिएका छन्।

चार दिन अघि डिआइजी सुब्बाले राजीनामा पत्र बुझाएका हुन्। प्रहरी प्रधान कार्यालयमा बुझाएको राजीनामापत्र गृहबाट स्वीकृत भइसकेको छैन। 'मैले राजीनामा दिइसकेको छु। व्यक्तिगत कारणले नै राजीनामा दिएको हुँ,' डिआइजी सुब्बाले भने।

डिआइजी सुव्बाले बढुवामा असन्तुष्टि देखाउँदै राजीनामा दिएका हुन्। आफूभन्दा जुनियर प्रहरी अधिकृत सिनियर पदमा बढुवा भइसक्दा पनि आफ्नो बढुवा नभएकाले राजीनामा दिएका हुन्। उनीभन्दा जुनियर प्रहरी अधिकृत बढुवा भएर एआइजी भइसक्दा पनि इन्जनियरिङ तर्फबाट भने बढुवा नै नभएकाले राजीनामा दिएको स्रोतको दावी छ। तर, डिआइजी सुव्बाले यस विषयमा भने खुलाउन चाहेनन्। 'मैले पारिवारिक कारणले नै राजीनामा दिएको हुँ। बाँकी तपाईँहरुले बुझ्नु भएकै छ,' सुब्बाले भने।

उनी प्राविधिक तर्फका डिआइजी हुन्। बढुवा असन्तुष्टि देखाउँदै यसअघि पनि डिआइजी नवराज सिलवाल, डिआइजी रमेश खरेल,एसपी नरेन्द्र उप्रेती लगायतले राजीनामा दिएका थिए। त्यसो त पछिल्लो समय तल्लो तहमा कार्यरत प्रहरीको राजीनामा आउने क्रम पनि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell