PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मिनी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु



रासस

मिनी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

बनेपा : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा ३ ख ७१२१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

मिनी ट्रक सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा चालक मण्डनदेउपुर नगरपालिका–१२ बस्ने अन्दाजी २१ वर्षीय रोशन ठकुरी र सोही ठाउँका सहचालक अन्दाजी १६ वर्षीय दिलीप ठकुरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। मृतक दुवैको शवपरीक्षणका लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell