PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

हुम्लामा पुनः हिमपात हुँदा जनजीवन कष्टकर, कृषकलाई भने राहत



रासस

हुम्लामा पुनः हिमपात हुँदा जनजीवन कष्टकर, कृषकलाई भने राहत
फोटो : रासस ।

सिमकोट : हुम्लामा पुनः भारी हिमपात भएको छ। शुक्रवार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ।

हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ। जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। शुक्रवार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो।

मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ। जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन्। हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ।

स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए। यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन्।

खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell