PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा ३३ केभिएको नयाँ सब स्टेसन आयो सञ्चालनमा



राधेश्याम पटेल

वीरगंजमा ३३ केभिएको नयाँ सब स्टेसन आयो सञ्चालनमा

वीरगंज : नेपाल विद्युत प्राधिकरणले वीरगंजको छपकैयामा निर्माण गरेको नयाँ सब स्टेशन सञ्चालनमा आएको छ। करिब ३ करोडको लागतमा ३३ केभिए/११ केभि को ८ एमभिए क्षमताको सब स्टेसन तीन साता यता सञ्चालनमा आएको हो।

वीरगंज-२ छपकैयास्थित प्राधिकरणको जग्गामा उक्त सब स्टेशन सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियैत रायले जानकारी दिए। सब स्टेसन सञ्चालनमा आएसँगै वीरगंज महानगरका दक्षिणी भेगका वडाहरुका उपभोक्तालाई फाइदा पुगेको प्राधिकरणको बुझाइ छ।

अब वीरगंज महानगरमा पावर हाउस, परवानीपुर र छपकैया गरी तीन वटा सब स्टेशनबाट विजुली आपूर्ति हुन थालेको वितरण केन्द्र वीरगंजले जनाएको छ। नयाँ सब स्टेसन सञ्चालनमा आएसँगै दक्षिणी वडाहरुमा विद्युत आपूर्ति सहज बनेको बताइएको छ। बेलाबेलामा ट्रिपिङ हुने समस्याबाट अब राहत मिलेको प्राधिकरणले बताएको छ।

वीरगंज महानगरको ३२ वटा वटामा ४७ हजार ३ सय ६ ग्राहक छन्। महानगरका तीन वडामा प्राधिकरणको वितरण केन्द्र सिमराले बिजुली दिने गरेको छ भने २९ वडामा पूर्ण रुपमा वितरण केन्द्र वीरगंजले विद्युत आपूर्ति गर्दै आएको छ। महानगरको वडा नम्बर २९ र ३२ मा सिमरा वितरण केन्द्रले ५० प्रतिशत र ३१ मा पूर्ण रुपमा बिजुली सेवा दिने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell