PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

१२ वर्षपछि पक्राउ परे पत्रकार वीरेन्द्र साह हत्याका मुख्य अभियुक्त, के थियो घटना?



राधेश्याम पटेल

१२ वर्षपछि पक्राउ परे पत्रकार वीरेन्द्र साह हत्याका मुख्य अभियुक्त, के थियो घटना?

वीरगंज : बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार भनिएका कुन्दन भनिने नरेन्द्र फौजदार १२ वर्षपछि पक्राउ परेका छन्। बारा प्रहरीले फौजदारलाई आइतबार बिहान २ बजे बारागढीको गढहल भन्ने स्थानबाट पक्राउ गरेको हो।

साहको २०६४ सालमा हत्या भएको थियो। मुख्य अभियुक्त भनिएका फौजदार त्यसयता फरार थिए।

बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले फौजदार पक्राउ परेको बताए। प्रहरीले औपचारिक रुपमा दिउँसो १ बजे अभियुक्त सार्वजनिक गर्दैछ।

के थियो घटना?

पत्रकार साह एभिन्यूज टेलिभिजन र वीरगंज रिपोर्ट पत्रिकामा आवद्ध थिए। बारामा अवैध रुपमा मौलाएको काठ तस्करीको समाचार प्रकाशनमा ल्याएपछि साहको हत्या भएको दाबी आफन्तको छ। घटनापछि गठित छानबिन समितिले समेत समाचारकै कारण हत्या भएको निष्कर्ष निकालेका छन्।

२०६४ कात्तिक १८ गते अपहरण गरी बेपत्ता पारिएका पत्रकार साहको शव कात्तिक २२ गते बाराको बोधवनको जंगलमा फेला पारिएको थियो। हत्यामा संलग्न तत्कालीन माओवादीका नेताहरु फौजदारसँगै राम एकवाल सहनी, लालबहादुर चौधरी, हरेराम पटेललगायतको संलग्नता रहेको जाहेरी प्रहरीमा दर्ता छ। परिवारका तर्फबाट जाहेरी दर्ता भएको थियो।

पाँच अभियुक्तमध्ये तीन जना पक्राउ परिसकेका छन्। दुई फरार छन्। बारा प्रहरीले दिएको जानकारी अनुसार राम एकवाल सहनी र मनेजर गिरी यसअघि पक्राउ परिसकेका छन्। लालबहादुर चौधरी र हरेराम पटेल फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell