PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

बैतडीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ६ जना घाइते



पहिलोपोस्ट

बैतडीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, ६ जना घाइते

बैतडी : धनगढीबाट दार्चुला जाँदै गरेको ‘अन टेष्ट १२५७ नं’ को जीप दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

राजमार्ग अन्तर्गत पाटन नगरपालिका -६ पनतोलीमा सो जीप आज बिहान सडकबाट २५० मिटर तल खसेको हो।

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु -४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी,  २० वर्षीय  हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन। घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिसको तयारी भएको जनाइएको छ। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell