PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सशस्त्रका जवानले आफ्नै घाँटीमा हाने गोली



रासस

सशस्त्रका जवानले आफ्नै घाँटीमा हाने गोली

सर्लाही : सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आनन्द मिश्रा आफैँले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको छ। घटनामा अनुसन्धान भइरहेको श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell