PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ल हेर्नुस् झोला बनाउन छाडेर, यसरी बन्दैछ मास्क

ल हेर्नुस् झोला बनाउन छाडेर, यसरी बन्दैछ मास्क

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यतिखेर कपनमा रहेको थैली बनाउने कम्पनी मास्क उत्पादन गर्ने कम्पनीमा रुपान्तर भएको छ। बजारमा मास्क अभाव छ, त्यसैले मोहम्मद निराले आलमले यसको उत्पादन थालेका हुन्।

सर्जिकल मास्क कोरोनाको आतंकसँग बजारमा गायव भएको छ। भएका मास्कको पनि चर्को मूल्यमा कालोबजारी भइरहेको छ। अर्कातिर मास्क आयात ठप्प।

ठीक यतिखेरै माग भने चर्को। सामान्य अवस्थामा मास्क नलगाउनेहरु पनि यतिखेर खोजिरहेका छन्, मास्क।

प्लास्टिकका झोला निषेध हुँदै गर्दा फेब्रिक झोलाले बजार लियो। त्यही अनुसार व्यवसाय चलाइरहेका थिए मोहम्मदले। यतिखेर मास्कको माग बढ्दा उनले झोलालाई भन्दा प्राथमिकता मास्क उत्पादनलाई दिएका छन्।

एक महिनाअघिबाट हो उनले मास्क सिलाउन थालेको। फेब्रिक मास्कलाई उनी सर्जिकल मास्कभन्दा राम्रो गुणस्तर भएको दावी गर्छन्। तर, उनको दावी पुष्टि गर्ने आधार भने छैन। दैनिक ३ जना यहाँ मास्क सिलाउन खटिएका छन्। उनीहरुले दैनिक १ हजार ५ सय पिस तयार पार्न सक्छन्।

अर्डर अनुसार उनले मास्क तयार गरिरहेका रहेछन्। त्यही मास्क उत्पादन हुने ठाउँको दृष्य हामी पुग्दा यस्तो थियो।



ट्रेन्डिङ पोस्ट

Ncell