PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

‘महिला रोकिए, संसार रोकिन्छ’ : माइतीघर मण्डलामा घन्कियो महिला समानताका नारा

‘महिला रोकिए, संसार रोकिन्छ’ : माइतीघर मण्डलामा घन्कियो महिला समानताका नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


  • अमित मचामसी-

आज अन्तर्राष्ट्रिय महिला दिवस। हरेक वर्षको मार्च ८ मा संसारभर यो दिवस मनाउने गरिन्छ। ‘महिला समानता’ तथा ‘महिला अधिकार’को आन्दोलनमा यो दिवसलाई निकै महत्वपूर्ण मानिन्छ।

सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकाको न्यू योर्क सिटीमा त्यहाँको सोसियलिस्ट पार्टीले पहिलो पटक महिला दिवस मनाएको थियो। त्यसपछि नै १९१० मा अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा जर्मनीका प्रतिनिधिहरु क्लारा जेट्किन, केट डन्करलगायतले यसलाई हरेक वर्ष मनाउन प्रस्ताव गरका थिए।

सन् १९१७ मा रसियामा महिलाहरुले मताधिकार पाएपछि मार्च ८ मा सार्वजनिक बिदा दिन थालियो। त्यसपछिका दिनहरुमा समाजवादी आन्दोलन तथा विभिन्न कम्युनिस्ट देशहरुमा यो दिवस मनाउन थालियो। सन् १९६७ मा नारीवादी आन्दोलनमा समेत यसलाई अपनाइयो। १९७७ बाट मात्रै संयुक्त राष्ट्र संघले यो दिवस मनाउन थालेको हो।

हाल ‘अन्तर्राष्ट्रिय महिला दिवस’मा कुनै देशले सार्वजनिक बिदा दिने गरेका छन् भने कुनै देशले पूर्ण रुपमा बेवास्ता गर्ने गरेका छन्। अनि कुनै देशमा ‘महिला अधिकार’ प्राप्तिको लागि प्रदर्शन गर्ने दिनको रुपमा यसलाई लिइन्छ भने कुनै देशमा ‘स्त्रीत्व’को खुसीयाली मनाउने दिनको रुपमा।

‘अन्तर्राष्ट्रिय महिला दिवस’को अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुने गरेका छन्। नेपालमा कानुनले उल्लेख गरेको महिला समानताको कार्यान्वयन नभएको भन्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन समेत गर्दै आएका छन्। यस्तोमा काठमाडौंको माइतीघर मण्डलामा पनि ‘अन्तर्राष्ट्रिय महिला दिवस’को अवसरमा प्रदर्शन गरिएको छ। सो क्रममा महिलाहरुले ‘महिला समानता’ तथा ‘महिला अधिकार’ सम्बन्धी पर्चा पम्प्लेट प्रदर्शन गर्दै नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell