PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

टी-२० महिला विश्वकप : भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन



पहिलोपोस्ट

टी-२० महिला विश्वकप : भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन
Photo: AFP via Getty Images

महिला टी-२० विश्वकपको फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको छ। अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा घरेलु टोलीले भारतलाई ८५ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियन महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।

१ सय ८५ रनको ठूलो लक्ष्य पछ्याएको भारत १९ दशमलव १ ओभरमा ९९ रन बनाउँदै अलआउट हुन पुग्यो। अस्ट्रेलियाको जितमा बेथ मुनी अभिजित ७८ रन बनाउँदा अलिसा हिलीले ७५ रन बनाइन्।

अर्कोतर्फ भारतीय खेलाडीको ब्याटिङ जम्न सकेन। भारतका लागि दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाउँदा बेदा कृष्णमुर्तीले १९ रन बनाइन्। त्यसबाहेकका खेलाडीहरुको उल्लेख्य रन जोड्न सकेनन्।

भारतलाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मेगन स्कुटको ४ विकेट र जेस जोनासनको ३ विकेट महत्वपूर्ण रह्यो।

अस्ट्रेलियाले यो पाँचौं पटक विश्वकपको उपाधि उचालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell