PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

मन्त्री अर्याललाई रेखा थापाको प्रश्न : समान अधिकारका कुरा गर्ने महिला सांसद सदनमा ताली पड्काइरहेको मात्र देख्छु त?



पहिलोपोस्ट

मन्त्री अर्याललाई रेखा थापाको प्रश्न : समान अधिकारका कुरा गर्ने महिला सांसद सदनमा ताली पड्काइरहेको मात्र देख्छु त?

काठमाडौं : ११० औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अभिनेत्री रेखा थापाले सडकदेखि सदनसम्म महिलाहरुलाई दर्शक बनाइएको बताएकी छिन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापाले महिलालाई दर्शक बनाइएको अभिव्यक्ति दिएकी हुन्। कार्यक्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, नेपाली कांग्रेसकी सांसद पुष्प भुसाल र राष्ट्रिय सभाकी सांसद कोमल वलीलगायतलाई वक्ता रुपमा निम्त्याइएको थियो।

कार्यक्रममा नायिका थापाले सदनमा पनि महिलाहरु तालीमात्र पड्काइरहेको देखिएको दाबी गरिन्।

नारी भनेको दर्शक हो, ताली बजाउनलाई मात्र जन्मिएको हो ? हामीलाई त दर्शक बनाइयो: रेखा थापा

Posted by PahiloPost on Sunday, March 8, 2020

‘सडकको महिलादेखि सदनको महिलासम्म दर्शक हुन्’, उनले भनिन्, ‘सदनमा पनि महिलाले ताली पड्काएको मात्र देखिरहेको हुन्छु। नारी भनेको दर्शक हो? हामी भोट दिनको लागि मात्र जन्मिएको हो?’

साथै महिलालाई पनि पुरुष सरह बराबर अधिकार चाहिने उनको भनाइ छ।

उनले भनेकी छिन्, ‘पुरुषले मात्र देशमा नेतृत्व गर्‍यो। पुरुषले नै हामीलाई कोटामा राख्यो। पुरुषले हामीलाई कमजोर बनायो।’

उनले थप्दै भनिन्, ‘सदनका महिलाहरु कालो कोट र रातो लिपिस्टिक लगाए पनि ताली नै पड्काइरहेका हुन्छन्। हामीलाई हाम्रो आमाबुवाले ताली पड्काउन जन्माएको होइन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell