PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नक्कली नागरिकता बनाउने पूर्वगाविस सचिव पक्राउ



राधेश्याम पटेल

नक्कली नागरिकता बनाउने पूर्वगाविस सचिव पक्राउ

वीरगंज : पर्सा प्रहरीले नक्कली नागरिकता बनाउने एक पूर्वगाविस सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज–१६ भिस्वास्थित पूर्वगाविस सचिव बिन्दा साह रहेका छन्।

प्रहरीले उनको घरमा आइतवार बिहान छापा हानी उनलाई दसीसहित पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। छापा मार्दा साहको घरबाट ४ दर्जन बढी नागरिकता बरामद भएको छ। उनको घरबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फाराम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका फोटो, जन्मदर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्ड अधिकारी कार्यालयको फाराम समेत बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

छापा मार्दा साहकै ३ वटा नागरिकता बरामद भएको छ। साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाउने गरेको प्रहरीलाई बयान दिएको पर्सा प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell