PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विशाल गोल्ड कप स्थगित, कोरोनाको त्रास कम भए वैशाखमा हुने



राधेश्याम पटेल

विशाल गोल्ड कप स्थगित, कोरोनाको त्रास कम भए वैशाखमा हुने

वीरगंज : आगामी चैत १ देखि ८ गतेसम्म वीरगंजको नारायणी रंगशालामा आयोजना हुने तय भएको विशाल मेमोरियल गोल्ड कप स्थगित भएको छ। विश्वभर कोरोना भाइरस रोगको त्रास फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल महासंघ (एन्फा)को निर्देशन अनुसार प्रतियोगिता स्थगित गरिएको आयोजक विशाल मेमोरियल फाउन्डेसनले वीरगंजमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

प्रतियोगिताका संयोजक तथा फाउन्डेसनका अध्यक्ष अनिलकुमार कलवारले प्रतियोगिता स्थगित भएको बताउँदै विश्वमा कोरोना रोगको संक्रमण कम हुँदै गए आगामी वैशाखामा तेस्रो संस्करणको प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिए। यसपाली ५३ लाखको लागतमा भारतको ३ र नेपालका ५ गरी कुल ८ टिमको सहभागितामा प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको थियो। तर, सरकारले फागुन १९ गते कुनै पनि सभा सम्मेलन तथा उत्सव नगर्न निर्देशन दिएपछि एन्फाको २२ गतेको पत्र अनुसार आफूहरुले प्रतियोगिता स्थगित गरेको उनले बताए।

आयोजकले प्रायोजकबाट ४ लाख ३५ हजार उठाएको र ५ लाख ७५ हहजार खर्च भइसकेको बताएको छ। वैशाखमा हुने प्रतियोगितामा खर्चलाई समायोजना गरिने जनाइएको छ। पत्रकार सम्मेलनमा फाउन्डेसनका उपाध्यक्ष तथा मिडिया संयोजक पंकज श्रेष्ठले सहजीकरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell