PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘विबक्स वुमेन्स च्यारिटी बक्सिङ’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘विबक्स वुमेन्स च्यारिटी बक्सिङ’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा ‘विबक्स वुमेन्स च्यारिटी बक्सिङ प्रतियोगिता’को आयोजना गरिएको छ। चच्चेपाटीस्थित भाटभटेनी फिटनेस क्लबमा भएको प्रतियोगितामा नेपालभरबाट छानिएका महिला बक्सरहरुको सहभागिता रहेको थियो।

वाग्मती प्रदेश खेलकुद विकास समिति, ललितपुर बक्सिङ एसोसिएसन र काभ्रे बक्सिङ एसोसिएसनसँगको सहकार्यमा बक्समान्डुले सो प्रतियोगिताको आयोजना गरेको हो। नेपालका महिला बक्सरहरुलाई व्यावसायिक उत्कृष्टतामा बढावा दिन सो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ। बक्सिङले महिला सशक्तिकरणमा समेत सहयोग पुर्‍याउने आयोजकको बुझाइ छ।

प्रतियोगितामा ४८ केजी, ५१ केजी, ६० केजी, ६४ केजी र ६९ केजी समूहमा प्रतिस्पर्धा भएको थियो। सबै समूहमा विजेताले १० हजार तथा अन्य सहभागीले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए।

४८ केजी समूहमा दीवाना शर्मा (नेपाल पुलिस), ४८ केजी समूहकै अर्को बाउटमा रमिशा श्रेष्ठ (बक्सिङ फिटनेस सेन्टर) र ५१ केजी समूहमा रोशनी राई (नक्साल बक्सिङ क्लब) विजयी बने। त्यस्तै, ६० केजी समूहमा दिचेन शेर्पा (बक्समान्डु), ६४ केजी समूहमा संगीता सुनुवार (एपिएफ) र ६९ केजी समूहमा अपराजिता घतानी (बक्सिङ फिटनेस सेन्टर) विजयी बनेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell