
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली)ले सम्पूर्ण नेपालीलाई खुसी दिने विश्वास व्यक्त गरेकी छिन् ।
सोमबार होलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीमा खुसी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिल्ने उल्लेख गरेकी छिन्।
रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ गते र तराईका जिल्लामा फागुन २७ गते मनाइँदै छ।
राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्याउने विश्वास समेत व्यक्त गरेकी छिन्।