PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

'आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होलीले मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस्'



पहिलोपोस्ट

'आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होलीले मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस्'

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वले मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गर्ने विश्वास लिएका छन्।

सोमबार होलीको शुभकामना दिँदै देउवाले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन्।

होली पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गर्दै देउवाले राष्ट्रिय एकता बलियो हुने धारणा व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell