PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना प्रकोप : नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक



पहिलोपोस्ट

कोरोना प्रकोप : नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक
PHOTO: AFP

काठमाडौं : विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ)का अनुसार नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय भएको गल्फ टाइम्सले जनाएको छ। यो निर्णय आज (सोमबार) देखि लागु हुनेछ।

कतार एयरवेजले इटालीको सम्पूर्ण उडान रद्द गरेका बेला त्यहाँको सरकारले थप १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कोरोना भाइरसको रोकथामका लागि यो निर्णय लिइएको बताइएको छ। यसको असर पर्यटक, स्थायी बसोबास गर्ने प्रवासी र कामदार भिसामा आउनेहरुलाई पर्नेछ। कतार नेपाली कामदारको रोजगार गन्तव्य मुलुक हो। कतारको यो निर्णयले नेपाली कामदार पनि प्रभावित हुनेछन्।

कतारले आफ्ना नागरिकलाई अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न अनुरोध समेत गरेको छ। कतारमा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार मात्रै थप ३ जनामा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell