PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

होलीमा तरुण दलको अनुरोध : भिडभाड र सांगीतिक कार्यक्रम नगरौं, कोरोनाबाट बचौं



पहिलोपोस्ट

होलीमा तरुण दलको अनुरोध : भिडभाड र सांगीतिक कार्यक्रम नगरौं, कोरोनाबाट बचौं

काठमाडौं : नेपाल तरुण दलले फागु पर्व (होली)मा भिडभाड र सांगीतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ। होलीको अवसरमा शुभकामना दिँदै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि यो वर्ष भिडभाड हुने र सांगीतिक कार्यक्रम नगर्न अनुरोध गरेका हुन्।

बस्नेतले एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइने पर्व होली भए पनि यस वर्ष सतर्कता अपनाउन सुझाव दिएका हुन्।

तरुण दलले कोरोनाबाट बच्न हात नमिलाउन तथा नमस्कार गर्न सुझाव दिँदै कोरोनाविरुद्ध विशेष सावधानी अपनाउन समेत अनुरोध गरेको छ।

दैनिक उपभोग्य वस्तु, खाद्यान्न, ग्यास, मास्क, औषधि लगायत अन्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तरुण दलले बजारमा देखिएको कालोबजारी र कृत्रिम अभाव निगरानी गर्न आफ्ना सदस्यहरुलाई परिचालन समेत गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell