PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच टेलिफोन वार्ता



पहिलोपोस्ट

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं : कोरोना भाइरसको प्रकोपमा रहेको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन वार्ता गरेका छन्।

सोमवार भएको टेलिफोन वार्तामा परराष्ट्र मन्त्री ज्ञवालीले आफ्ना समकक्षी वाङले कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्ने बताएको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै द्वीपक्षीय हितका सबन्धमा पनि कुराकानी भएको मन्त्रालयले ट्वीटमार्फत् जानकारी गराएको हो। वाङले मृगौला प्रत्यारोपणपछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell