PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

प्रमको मिर्गौला प्रत्यारोपणको छैठौँ दिन पनि सार्वजनिक गरिएन ल्याब सूचकाङ्क, अवस्था कस्तो छ? 



पहिलोपोस्ट

प्रमको मिर्गौला प्रत्यारोपणको छैठौँ दिन पनि सार्वजनिक गरिएन ल्याब सूचकाङ्क, अवस्था कस्तो छ? 
फाइल फोटो।

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणपछि उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी दिएको छ। मिर्गौला प्रत्यारोपणको छैठौँ दिन पनि अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि प्रमको स्वास्थ्यबारे अघिल्ला दिन जस्तै सामान्य र ‌औपचारिकतामा सिमित।

अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा प्रमको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको उल्लेख छ।

‘उहाँको खानपान, हिँडडुल र व्यायमलाई निरन्तरा दिइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

तर, ओलीको स्वास्थ्य सुधारका सूचकहरु के हुन् र कसरी भइरहेको छन भन्ने अझै खुलाइकाएको छैन। पाँचौ दिनको विज्ञप्तिमा उनको भाइटल र ल्याब सुचकांक सामान्य रहेको उल्लेख गरिएको थियो। तर, आजको विज्ञप्तिमा सो कुरा पनि हटाइएको छ।

अघिल्ला दिनको तुलनामा आजको विज्ञप्तिका शब्दहरु झनै कम गरिएको छ। आइतवार सुधारका लक्षण देखिएको भनिएको थियो भने आज सन्तोषजनक सुधार भएको बताइएको छ।

सुधार भइरहेको भनिए पनि मेडिकल भाषाको प्रयोग भने गरिएको छैन। सामान्य रुपमा प्रमको स्वास्थ्यको अस्पतालले ब्रिफिङ गर्दै आएको छ। मिर्गौलादाता समीक्षा संग्रौलाको अवस्था पनि सामान्य रहेको खड्गाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell