PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

होली रे...! फागुको रंगमा रंगियो वसन्तपुर

होली रे...! फागुको रंगमा रंगियो वसन्तपुर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली! पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइदै छ।

उपत्यका लगायत देशभरी नै उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्षभने कोरोना भाइरसका कारण केही शान्त देखिएको छ। सरकारले भिडभाडमा होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै देखिएको छैन। उपत्यकाका सडकहरु सुनसान देखिएका छन्।

नयाँ बानेश्वर, त्रिपुरेश्वर, ठमेल लगायतका क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिने भएपनि यो वर्ष भने शान्त देखिएको छ। विश्वभरी कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन। यद्यपी वसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरुको भिड छ।

मेलमिलाप र सद्भावको सन्देश दिई आउने होली परम्परागत रुपमा रङहरु खेलेर मनाउने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell