PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

युएइमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण, २ जना नेपाली पनि संक्रमित



पहिलोपोस्ट

युएइमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण, २ जना नेपाली पनि संक्रमित

काठमाडौं : युनाइटेड अरब एमिरेट्समा थप १४ जना व्यक्तिमा कोरोना भाइरस (कोभोडा १९) को संक्रमण देखिएको छ। यसअघि ४५ जनामा संक्रमण देखिएको थियो।

सोमबार युएइको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तीमार्फत् संक्रमितमध्ये दुई जना नेपाली रहेको समेत पुष्टि गरिएको छ। त्यस्तै संक्रमित तीन जना इटालीका हुन् भने दुई बंगलादेशी, भारत, सिरिया र रसियाका क्रमश: एक- एक रहेका छन्।

विज्ञप्तीका अनुसार क्वारेन्टाइनमा रहेकाको निकट व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखिएको हो।

मन्त्रालयले युएइमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा उचित उपचारका लागि उचित व्यवस्थापन गरेको छ। जनस्वास्थ्यलाई केन्द्रमा राख्दै देशको सीमा नाकाहरुमा ‘डिटेक्सन थर्मल इमेजिङ सिस्टम’ जडान गरेको छ। त्यस्तै सीमामा स्वास्थ्य परीक्षण समेत हुन्छ। त्यहाँ लक्षण देखिएकाहरुलाई पनि आइसोलेसनमा राख्ने र उपचार गर्ने भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell