PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

यौन दुराचार आरोपित सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर थप ७ दिन हिरासतमा



एम बम

यौन दुराचार आरोपित सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर थप ७ दिन हिरासतमा

कैलाली : यौन दुराचारको आरोप लागेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावललाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले आज दोस्रो पटक ७ दिनको म्याद थप गर्ने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालयले १० दिन म्याद थप्न माग गरेपनि सरकारी वकिलको कार्यालयबाट ७ दिनको म्याद थपका लागि सिफारिस भएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले उनी माथि थप अनुसन्धान गर्नुपर्ने देखिएकाले म्याद थप गरिएको बताए।  यस अघि गत २२ गते कैलाली जिल्ला अदालतले २१ गतेबाट लागू हुने गरी ४ दिन म्याद थप गरेको थियो।

अछाम स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने एक २५ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। रावलविरुद्ध माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले फागुन १४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell