
राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान ठोक्किँदा आज दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका-६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। तीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ।