PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चितुवाको छालासहित एक जना पक्राउ



रासस

चितुवाको छालासहित एक जना पक्राउ

ताप्लेजुङ : ताप्लेजुङमा प्रहरीले चितुवा र थारकोे छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका-५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन्। घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला आज फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो। सोही क्रममा उक्त छाला फेला परेको हो। तीन थान छालासहित लिम्बूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell