PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

सामूहिक बलात्कारको कसुरमा चार जनालाई १० वर्ष कैद



रासस

सामूहिक बलात्कारको कसुरमा चार जनालाई १० वर्ष कैद

सप्तरी : जिल्ला अदालत सप्तरीले १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमवार शम्भुनाथ नगरपालिका-३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो।

फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका-३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ।

पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४  फागुन २८ गते जाहेरी दिएकी थिइन्। सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell