PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवाल विमानस्थलबाट पक्राउ



पहिलोपोस्ट

काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवाल विमानस्थलबाट पक्राउ
फोटोः नेपाल प्रहरी

काठमाडौं : एपेक्स बैंक घोटाला काण्डमा मुछिएका 'क वर्ग'का ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको खोजी सूचीमा रहेका भेटवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

'प्रहरीको खोजी सुचिमा हुनुहुन्थ्यो। दिल्लीबाट काठमाडौं आएपछि हाम्रो नियन्त्रणमा आउनु भएको हो,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो। प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएर नियन्त्रणमा लिएको बताएको छ।

२०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ।

उनी पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell