PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट



पहिलोपोस्ट

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट
फोटो : रासस।

काठमाडौं : भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्।

नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलवार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो।

नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell