PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कोरोनाको सन्त्रास फैलिएको मौकामा ठगी : ६ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ, तिराइयो दुई लाख जरिबाना



एम बम

कोरोनाको सन्त्रास फैलिएको मौकामा ठगी : ६ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ, तिराइयो दुई लाख जरिबाना
Photo: wikipedia.org

कैलाली : कोरोनाको सन्त्रास फैलिएको मौका छोपेर धनगढीमा मास्कको कालोबजारी गर्ने एक शृङ्गार पसल सञ्चालकलाई दुई लाख जरिबाना गरिएको छ।

बजारमा मास्क लगायतका विभिन्न खाद्य बस्तुहरूमा समेत कालोबजारी भएको भन्ने गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले सोमवार बजार अनुगमन गरेको थियो।

‘सो क्रममा धनगढीको मुख्य बजार क्षेत्रमै रहेको न्यू सुशील शृङ्गार पसलले ६ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएकोले दुई लाख जरिबाना गरिएको हो’, वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीका प्रमुख कमल पुनले भने, ‘उक्त पसलमा समानहरूको लेबल नलगाइएको तथा म्याद गुज्रेका सामान समेत बिक्रीका लागि राखेको पाइएपछि हामीले सो जरिबाना गरेका हौँ।’

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम अनुगमन स्थलमै जरिबाना गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell