PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सात महिनाअघि हत्या गरी फरार किशोर पक्राउ



पहिलोपोस्ट

सात महिनाअघि हत्या गरी फरार किशोर पक्राउ

काठमाडौं : सात महिना अघि हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मकवानपुर गढी गाउँपालिका वडा नम्वर १ पिङडाँडा घर भएका १९ वर्षीय धने भन्ने आरुष थिङलाई नियन्त्रणमा लिएको हो।

गत साउन २८ गते ललितपुर महानगरपालिका वडा नम्वर ९ गुहे पोखरीमा उदयपुर कटारी नगरपालिका २ गरास घर भएका ३३ वर्षीय हरि खड्का मृत अवस्थामा फेला परेका थिए। मुर्तीको काम गर्ने  खड्कालाई तीन दिनअघि नै कुमार थिङ भन्ने मान कुमार थिङ सहितका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेको खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell