PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

'पेनिक सेल'ले नेपालको सेयरमा पहिरो, तीन पटक सर्किट ब्रेक



पहिलोपोस्ट

'पेनिक सेल'ले नेपालको सेयरमा पहिरो, तीन पटक सर्किट ब्रेक

 

काठमाडौं : संसारभरका सेयर बजारलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि पछ्याएको छ। कोरोना भाइरसका कारण अर्थब्यवस्थामा संकुचन आउन थालेपछि संसार भरका सेयर बजारमा पहिरो गइरहेको छ।

चार दिनको बिदापछि मंगलबार खुलेको नेप्से ८६ अंकले ओर्लिएर बन्द भएको छ। बजार ६ प्रतिशतले घटेपछि १ बजेर १३ मिनेटबाटै आजका लागि कारोबार स्थगित गरिएको छ।

आज दिनभरीमा तीन पटक सर्किट ब्रेकर लागेको छ। दुवैपटक कारोबार केही समयलाई रोकिएको थियो। अहिले भने ६ प्रतिशतले घटेका कारण भोलिमात्र कारोबार हुने छ। 

बजारमा लगानीकर्ता 'पेनिक' बन्दा मागभन्दा आपूर्ति अत्यधिक देखिएको छ।

१४३५ अंकबाट खुलेको बजार थोरै समयलाई एक अंकले बढे पनि अन्तत: निरन्तर पहिरो गइरहेको छ। यसले गर्दा कारोबार रकम पनि प्रभावित देखिएको छ।

बजार १३४९ अंकमा आएको छ। दिनभरीमा १६१ कम्पनीको सेयर कारोबार भएका छन्। कुल एक अर्ब ७ करोड रुपैयाँको किनबेच भएको छ। सबै उप सूचकहरु रातो भएका छन्।

खागरी जीवन बीमा सूचक ७६२ अंक र निर्जीबन बीमा सूचक ३६२ अंकले झरेको छ। वाणिज्य बैंक सूचक ८३ अंकले ओर्लिएको छ भने होटल १२० अंकले ओरालो लागेको छ। लघुवित्त १०३ अंक तल आएको छ।

बजार फराकिलो अन्तरले घट्दा पनि एनआइबीएल समृद्धि फण्ड-१, आरएमडीसी लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड-१, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, वरुण हाइड्रो, कालिका पावर र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन्। बाँकी सबै कम्पनीको मूल्य घटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell