PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज कहिले? 'कम्फर्टेबल र कन्फिडेन्ट फिल' हुन्छ जहिले



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज कहिले? 'कम्फर्टेबल र कन्फिडेन्ट फिल' हुन्छ जहिले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफैँले अस्पताल भर्ना हुन जाने दिन भनेका थिए - किड्नी फेरेर बलियो भएर आउँछु। पाँच दिनपछि नै फर्किन्छु र अझ बढी समय काममा लगाउँछु।

प्रधानमन्त्री आफैँले तोकेको 'डेडलाइन' आज सकिएको छ। तर, अस्पतालले उनलाई डिस्चार्ज गरेको छैन। हरेक दिन प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको जनाउँदै आएका चिकित्सकले आज भने 'प्रधानमन्त्रीलाई कम्फर्टेबल र कन्फिडेन्ट फिल' नभएसम्म डिस्चार्ज नगरिने बताएका छन्।

'आगामी दुई, तीन दिनमा उहाँलाई डिस्चार्ज गर्छौं,' प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहले भनिन्, 'जबसम्म कम्फर्टेबल र कन्फिडेन्ट फिल गर्दैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं।'

उनले डिस्चार्ज हुनुअघि खबर गर्नेसमेत बताइन्।

आज प्रधानमन्त्रीले तोकेको डिस्चार्ज हुने मिति हो। त्यसैले उनको उपचारमा संलग्न चिकित्सकहरुले आज पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन्।

सिंहका अनुसार डिस्चार्ज गर्न सकिने भए पनि घरमा राख्नका लागि थप तयारी आवश्यक छ। त्यो पूरा नभएकाले उनलाई केही दिन अस्पतालमा राख्नुपर्ने भएको उनले बताइन्। घरमा तयारी पूरा भएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट निवासमा सारिनेछ। 

पहिलो एक महिना प्रधानमन्त्री ओली सावधान हुनुपर्ने उनले बताइन्। प्रधानमन्त्री ओलीको प्रेसर नियन्त्रित अवस्थामा रहेको र सुगर पनि सन्तुलित नै रहेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell