PahiloPost

Jul 20, 2026 | ४ साउन २०८३

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ९५ जना प्रहरीको नियन्त्रणमा



एम बम

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ९५ जना प्रहरीको नियन्त्रणमा

कैलाली : कैलाली प्रहरीले होली पर्व मनाउँदा उच्छृङ्खल गतिविधि गर्ने ९५ जनालाई पक्राउ गरेको छ। जिल्लाभर होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

उनले मंगलवार बेलुका साढे ६ बजे सम्म ९५ जना पक्राउ परेको र अहिले पनि विभिन्न ठाउँमा पक्राउ पर्ने क्रम जारी रहेकाले संख्या थपिन सक्ने बताए।

त्यस्तै सोही क्रममा प्रहरीले एउटा कार, एउटा बस, ५६ मोटरसाइकल र ५ वटा अटो रिक्सा समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell