PahiloPost

May 27, 2024 | १४ जेठ २०८१

दोस्रो पटक सर्‍यो 'नीरफूल'को प्रदर्शन मिति



पहिलोपोस्ट

दोस्रो पटक सर्‍यो 'नीरफूल'को प्रदर्शन मिति

काठमाडौं : प्रचार प्रसारमा व्यस्त थिए फिल्म ‘नीरफूल’का कलाकारदेखि निर्माण युनिटसम्म। फिल्मको ट्रेलर समेत सार्वजनिक भइसकेको थियो। तर, हाललाई फिल्मको प्रदर्शन स्थगित भएको छ।  

फिल्मको प्रदर्शन मिति पहिलो पटक प्रभावित भएको भने होइन। फागुन ३० गते सार्वजनिक हुने भनिएको फिल्म आगामी चैत ७ गते मात्र प्रदर्शनमा ल्याउने  भनिएको थियो। तर अब उक्त मितिमा पनि फिल्म प्रदर्शन नहुने भएको छ। कोरोना भाइरसको फैलदो संक्रमण र त्रासका कारण कोरोना भाइरस संक्रमणका कारण फिल्म प्रदर्शन रोकिएको हो।

निर्देशक फूलमान बलका अनुसार सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदर्शन पछि सारेको बताए। विज्ञप्तीमार्फत् उनले भनेका छन्, 'सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरेकाले फिल्म रिलिज स्थगन गरेका हौं।'

उनले विश्वव्यापी महामारी निम्त्याएको प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा बढी नागरिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

फिल्मको नयाँ प्रदर्शन मिति भने तय भइसकेका छैनन्।

भूकम्पमा परि बिछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने संघर्षमा आधारित रहेको छ फिल्म। फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय रहेको छ।

सचिन घिमिरेको पटकथालाई बलले निर्देशन गरेका हुन्।  

अर्जुन पोखरेल र चन्द्रकुमार दोङले फिल्मका गीतहरुमा संगीत भरेका छन्। प्रमोद कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell