PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ



रासस

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

लहान : प्रहरीको टोलीले मंगलवार साँझ सिरहा नगरपालिका-२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका-२१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।

बाटोमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएपछि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell