PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट



सविन ढकाल

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं : पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको हो। 

घरको कम्पाउन्डमा विस्फोट गराइएको छ। प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बम विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए। 

विस्फोटमा ठूलो क्षति भने नभएको प्रहरीको प्रारम्भिक आकलन छ। घरको पर्खालमा सामान्य क्षति पुगेको छ। घटनाको कुनै पनि पक्षले जिम्मेवारी लिएको छैन। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिर आएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell