PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ब्याडमिन्टन स्टार प्रिन्स दाहालको छलाङ, विश्व वरीयताको सातौँ स्थानमा



पहिलोपोस्ट

ब्याडमिन्टन स्टार प्रिन्स दाहालको छलाङ, विश्व वरीयताको सातौँ स्थानमा

काठमाडौं : नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको सातौँ स्थानमा उक्लिएका छन्।

विश्व ब्याटमिन्टन महासंघले जारी गरेको नयाँ जुनियर वरीयता अनुसार प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्। यसअघि उनी १०औं स्थानमा थिए। भर्खरै सम्पन्न जर्मन जुनियर इन्टरनेसनलमा राम्रो प्रदर्शन गरेका उनले ३ स्थान सुधार गर्दै करियरकै सबैभन्दा माथिल्लो वरीयता हात पारेका हुन्।

वरीयता क्रममा फ्रान्सका क्रिस्टो पोभोभ शीर्ष स्थानमा छन्। त्यस्तै भारतका मेइराबा लुवाङ, मलेसियाका कोक जिङ होङ, भारतका बरुण कपुर, डेनमार्कका म्याड्स ज्वेल मोलर र फिनल्यान्डका जोकिम ओल्डरफ क्रमशः दोस्रोदेखि छैटौँ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell