PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु



रासस

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिखामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सडकबाट १५० मिटर तल ट्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell