PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सरकारलाई प्रचण्डको आग्रह : कमरेड बाँस्कोटाको घरमा बम हान्नेलाई कडा कारवाही गर



पहिलोपोस्ट

सरकारलाई प्रचण्डको आग्रह : कमरेड बाँस्कोटाको घरमा बम हान्नेलाई कडा कारवाही गर

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम प्रहार गर्नेलाई कारवाही गर्न माग गरेका छन्।

बुधवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले घटनाको निन्दासमेत गरेका छन्। 'म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछु', अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।'

अध्यक्ष प्रचण्डले बाँस्कोटाको घरमा बम हान्ने समूहलाई आतंककारी समेत भनेका छन्। बाँस्कोटाको घरमा विप्लव समूहले आज विहान बम हानेको थियो। यो घटनालाई लिएर प्रचण्डले पूर्व सहयोद्धा विप्लवलाई आतंककारी समूह भनेका हुन्।

प्रहरीका मध्यपुर नगरपालिका १ लोकन्थलीमा रहेको बाँस्कोटाको घरमा बिहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम प्रहार गरेर विस्फोट गरिएको थियो। विस्फोटबाट पर्खालमा क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell