PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

‘चेक बाउन्स’को आरोपमा एक जना पक्राउ



रासस

‘चेक बाउन्स’को आरोपमा एक जना पक्राउ

तुलसीपुर : जिल्ला प्रहरी कार्यालय दाङले ‘चेक बाउन्स’को आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका-५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए।

पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैंक कसुर मुद्दा दर्ता भएको थियो। गुरागाईंविरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको हो। मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मंगलवार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो।

गुरागाईंविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताए। गुरागाईंले दिएको तीन लाख २० हजार रुपैयाँको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell