PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

अध्यक्षहरुप्रति राजेन्द्र लिङदेनको आक्रोश : तपाईंहरु सिद्धान्तमा होइन स्वार्थमा जुधेको देखियो



पहिलोपोस्ट

अध्यक्षहरुप्रति राजेन्द्र लिङदेनको आक्रोश : तपाईंहरु सिद्धान्तमा होइन स्वार्थमा जुधेको देखियो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच बुधवार एकता घोषणा भयो। दुई पार्टीबीच सहमति पत्र आदानप्रदान भयो।

सो क्रममा राप्रपाका प्रवक्ता राजेन्द्र लिङदेनले एकतामा अझै शंका भएको भन्दै कमल थापा, पशुपति समशेर जबरा र प्रकाश चन्द्र लोहनीले पार्टीलाई तहस नहस गरेको बताए।

उनले प्रश्न गर्दै भने, ‘तपाईंको अहमताको जाँतोमा हामी पिसियौँ। तपाईंहरु सिद्धान्तमा होइन स्वार्थमा जुधेको हो।’

उनले थप्दै भने, ‘तपाईंले म राजेन्द्र लिङ्देन एकजना मलाई मात्र जोगाउनु भएको छ।’

त्यस्तै वाग्मती प्रदेश सभा सदस्य रिना गुरुङले मन्तव्यका क्रममा ‘जय राजतन्त्र’, ‘जय हिन्दु राष्ट्र’ जस्ता नारा लगाएकी थिइन्।

उनले भनिन्, ‘सरकारले अहिले कोरोनाको विषयमा संकटकाल घोषणा गरोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell